२ फाल्गुन २०८१, शुक्रबार

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा


रवि लामिछाने फाइल फोटो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । आज लामिछाने आफैं अदालतमा हाजिर भएका छन् ।

नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमिततामा रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यसअघि उनी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !