
काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ बाट बोलाउने भएको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाउने निर्णय गरेको हो ।
सरकारले हिउँदे अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय पनि गरेको हो । संसद्को अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।