२७ आश्विन २०८१, आइतबार

नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत चयन


नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । पार्टीको जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट आज अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत भएका हुन् ।

यस्तै सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका छन् । सुरुमा तीनै जना नेताले अध्यक्षमा दाबी गरेतापनि नेताहरूले दबाब दिएपछि सर्सम्मतरूपमा नेतृत्व चयन गरिएको हो । अन्य पद सचिवालय बैठकले टुङ्ग्याउने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !