४ बैशाख २०८१, मंगलबार

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने


Tarundal

१ असार, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

आज बसेको उक्त दलको बैठकले असारको पहिलो हप्ता सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप, सरकारको निरङ्कुश चरित्र, तथा गलत कार्यशैलीको विरुद्धमा मुलुकभर कोणसभा गर्ने निर्णय गरेको हो ।

यसैगरी असार १५ गते नागरिक सद्भावअन्तर्गत किसान दाजुभाइलाई साथ दिन तरुण दलको झण्डा बोकेर रोपाइँमा सक्रिय सहभागिता जनाउने भएको छ ।

यस्तै सार्वजनिक कार्यक्रमअनुसार असारको अन्तिममा युवा संवादअन्तर्गत विभिन्न पेशा, व्यवसायमा संलग्न तरुण युवासँग समसामयिक राजनीतिक युवाको मुद्दा, तरुण दल र अन्य पेशामा आबद्ध युवाको बीचमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रिया गर्ने जनाइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !