८ बैशाख २०८१, शनिबार

देउवा र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिजबीच भेटवार्ता


ser bahadur deuwa

७,असार काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिजबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहयोग तथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आर्थिक विकास र आगामी गतिविधिबारे छलफल भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल भएका कारण काँग्रेसको काँधमा मुलुकको सबै ऐतिहासिक दायित्व र जिम्मेवारी सदैव रहँदै आएको बताए ।

उनले आगामी दिनमा पनि नेपालको संविधानको सफल कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलबीच सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !