३० असार २०८१, आइतबार

कोसीमा गठबन्धनलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी


रुक्मिणी कोइराला

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् ।

कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरिन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी कार्कीले ४ हजार ९९२ मतभार प्राप्त गरिन् ।‌ उनले माओवादी केन्द्रकी उम्मेदवार कार्कीलाई लगभग १०० मतभारले पराजित गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !