११ बैशाख २०८१, मंगलबार

प्रवक्ता पाठक अष्ट्रेलिया प्रस्थान


bhuvan pathakk

२९ जेठ, काठमाडौँ । सत्तारुढ लिबरल पार्टी अफ अष्ट्रेलियाको महासभामा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठक आज अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

सो पार्र्टी तथा राप्रपाबीच भगिनी सम्बन्ध छ । आगामी असार १ र २ गते हुने महासभामा प्रवक्ता पाठकले नेपालमा भएको राजनीतिक परिवर्तन, त्यसपछि निर्माण भएको संविधानका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचनबारे कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

भ्रमणका क्रममा त्यहाँस्थित एशिया प्यासिफिक डेमोक्याट्रिक युनियनको बैठकमा पनि नेता पाठकले सहभागिता जनाउनुहुने छ । करीब ३० मुलुकको सहभागिता रहने महासभाको बैठक सकिएपछि असार ३ गते उहाँ स्वदेश फर्कने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !