७ श्रावण २०८१, सोमबार

कोसीमा कांग्रेसका गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त


गयानन्द मण्डल

विराटनगर ।‌ नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌ मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।‌

प्रदेशसभामा ज्येष्ठ सदस्य मण्डलले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि मुख्यमन्त्री थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु