८ श्रावण २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालत र प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा आज शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो । माओवादीकै पूर्व बाल सैनिकसमेत रहेका लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए ।

तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए । विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु प्रचण्ड, डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !