७ बैशाख २०८१, शुक्रबार

प्रतिपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


संसद अवरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक एक घण्टाको लागि स्थगित गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको थियो । प्रतिपक्षी दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद अवरोध गरेका गरेका थिए ।

एमालेले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बन्दरगाहसँग नेपाली भूमि साट्ने काम गरेको विरोधमा आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए । एमालेको उक्त अडानलाई राप्रपा र रास्वपाका सांसदले उठेर समर्थन गरेका छन् ।

एक घण्टाका लागि स्थगित गरिएको भनिएको प्रतिनिधिसभाको बैठक सोमबारका लागि सरेको हो । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक भोलि सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

संसद बैठक स्थगित

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरणको बिरोधमा संसद्मा प्रतिपक्षहरु एकैठाउँ

एमालेद्वारा राष्ट्रियसभा पनि अबरुद्ध

प्रतिपक्षी दलद्वारा संसद्‍मा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

प्रतिपक्षी दलहरुद्वारा प्रतिनिधिसभाको बैठक अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !