२९ भाद्र २०८१, शनिबार

एमालेद्वारा राष्ट्रियसभा पनि अबरुद्ध


राष्ट्रिय सभाको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठक पनि अबरुद्ध गरेको छ । अबरुद्ध बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठकको शुरुमै नेकपा(एमाले) का सांसद भैरबसुन्दर श्रेष्ठले विवादास्पद र निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणिकरण गर्न लगाएर सरकारले विधि र प्रक्रिया मिचेको भन्दै सो विधेयकलाई पुनः संसदमा ल्याएर पास गर्नुपर्ने बताएका थिए ।

नागरिकता बिहीनहरुले नागरिता पाउन भन्ने पक्षमा सदैब आफूहरु रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले तत्कालीन सभामुख र तत्कालीन राष्ट्रपतिको नाम भएको ठाउँमा किर्ते र जालसाजी गरे जसरी राष्ट्रपतिले विधेयक प्रमाणित गर्नु ठिक नभएको बताए ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणका बेलामा फुलबारी बन्दरगाहासँग नेपालको लिपुलेक, लिम्पीयाधुरा र कालापानी साट्न सकिने भनी दिएको अभिव्यक्तीको बिषयमा समेत सदनलाई चित्त बुझ्दो जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएका थिए ।

बैठक शुरु हुने बित्तिकै एमालेका सांसदहरुले आशन ग्रहण नगरी उभिएर विरोध जनाए पछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सांसद भैरबसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए ।

सांसद श्रेष्ठले बोलिसके पछि पनि आशन ग्रहण नगरेका एमालेका सांसदहरुलाई सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक आशन ग्रहण गरी सदन संचालनमा सहयोग गर्न आग्रह गरे पनि उनीहरुले आशन ग्रहण नगरे पछि सभाध्यक्ष तिमिल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !