१३ बैशाख २०८१, बिहिबार

प्रतिपक्षी दलद्वारा संसद्‍मा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले संसद्‍मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध नाराबाजी गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा मुख्य गरेर एमालेका सांसदहरुले असंवैधानिक नारिकता विधेयक खारेज गर, भैंसीसँग देश बेच्न पाइँदैन, प्रधानमन्त्रीको विवादित भनाइ मुर्दावाद जस्ता नारा लगाएका थिए ।

दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राप्रपा, रास्वपालगायतले नाराबाजी गरेपछि संसद् बैठक स्थगन गरिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरुले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरुप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरे ।

संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले संविधानको मर्मविपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

प्रतिपक्षी दलहरुद्वारा प्रतिनिधिसभाको बैठक अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !