७ बैशाख २०८१, शुक्रबार

आजदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल शुरू हुँदै


डा. प्रकाशशरण महत संसदमा

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको गरेको सम्भावित कार्यक्रमअनुसार आजदेखि प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल शुरू हुँदै छ । आजदेखि सरकारले संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफल शुरू हुने भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्तव्यसहित ‘आ. व. २०८०/८१ को राजस्व तथा व्यको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा आ. व. २०८०/८१ को राजस्व तथा व्यको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने दोस्रो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा नेपाली कांग्रेसबाट २०४८ र २०५१ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेरमा मिति २०८० साल जेठ १६ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने तेस्रो कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

प्रतिनिधिसभाको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !