४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किए


प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किए फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री आज साँझ स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानबाट आज शनिबार साँझ काठमाडौं आएका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किएप्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किएप्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किएप्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किएप्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !