४ आश्विन २०८१, शुक्रबार

एमालेले भन्यो– नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसदकै अपमान गरे


एमालेको सचिवालयको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदकै अपमान गरेको निष्कर्ष निकालेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको एमालेको सचिवालयको बैठकले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको हो ।

सचिवालयको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले राष्ट्रपतिबाट भएको काम संसद्को अपमान भएको ठहर गर्दै आपत्ति जनाएको बताए । ज्ञवालीले राष्ट्रपतिको यो कदम संसदीय प्रक्रिया र स्थापित मान्यताविपरीत भएको बताएका छन् ।

ज्ञवालीले संघीय संसदको निर्णय र संसदका सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानून बन्ने व्यवस्था रहेको बताए । एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको केहीघण्टा अघिमात्रै प्रमाणीकरण हुनु झनै आन्तरिकभन्दा पनि बाह्य चासो हो कि भन्ने परेको आशंका गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !