७ श्रावण २०८१, सोमबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


एमालेको सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार आज शुक्रबार बिहान ११ः३० बजे सचिवालय बैठक बस्ने भएको हो ।

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु