११ बैशाख २०८१, मंगलबार

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूद्वारा राजीनामा


निर्मला लिम्बु

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् । आज बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् ।

गत पुस २५ गते मन्त्री नियुक्त भएकी उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन ।

उनले पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन् । उनले पहिचानबादी पक्षबाट आफ्नो चरित्र हत्या गरेको समेत बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !