६ बैशाख २०८१, बिहिबार

सुन लगाएको फोटो भाइरलपछि ओलीले भने – त्यति सुन म बोक्न पनि सक्दिनँ


सुन लगाएको फोटो भाइरल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनले आफ्नो पुरै आफ्नो ढाकिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि आक्रोशित भएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेकपा(एमाले) राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले नेपालमा जस्तो छाडापन काहीं नभएको भन्दै आक्रोश पोखेका छन् ।

ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गर्दै आफूमा सुनप्रति कहिल्यै मोह नभएको स्पष्ट समेत पारेका छन् । ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् ।

ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएपछि सुनैसुन ढाकिएको फोटो भाइरल भएको हो । उनले सत्यलाई बग्यांएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको उनले बताए ।

ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्य कुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताए । अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि पटकपटक बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !