९ श्रावण २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । आज बुधबार दिउँसो राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आवासीय नेपाली राजदूतहरूलाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जानकारी दिएकी छन् ।

अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्ले अर्जेन्टिना, रुसका आवासीय राजदूत मिलनराज तुलाधर बेलारुस, डेनमार्कका आवासीय राजदूत डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि आवासीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु