१३ बैशाख २०८१, बिहिबार

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


रेशम चौधरी फाइल फोटो

काठमाडौं । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिएपछि टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) ले सर्वोच्च अदालत दायर गरेको रिट आज दर्ता भएको छ ।

टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आम माफी दिने तयारीविरुद्ध बोहराकी श्रीमती शारदाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिट अध्ययन गर्ने भन्दै सर्वोच्च प्रशाशनले आज मात्र दर्ता गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आममाफी दिएपछि हिजो सोमबार गणतन्त्र दिवसको अवसरमा चौधरीलाई जेलबाट छुटेका थिए । टिकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी डिल्लीबजार कारागारबाट हिजो सोमबार छुटेका थिए ।

यद्यपि सर्वोच्च अदालतलेसमेत जन्मकैदको फैसला गरेपछि चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिइसकेका छन् । दर्ता भएको उक्त रिट निवेदनको भोलि बुधबारका लागि पेशी तोकिएको छ ।

यो पनि पढ्नुहोस्

गगन भन्छन् – रेशमलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ हो

अन्तत: रेशम चौधरी जेलबाट छुटे

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता

नागरिक उन्मुक्ति पार्टीले भन्यो – रेशम चौधरी राजबन्दी हत्यारा भए फासी देऊ सरकार !

जेलमै बसेर ‘धरातल’ नामक पुस्तक लेख्दै रेशम चौधरी, केही दिनमै सार्वजनिक गर्ने

कारागारबाट रेशम चौधरीले भने – पुनरावालोकन बाटो खुल्ला छ, सर्वोच्चको फैसला स्वीकार गर्छु

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !