८ बैशाख २०८१, शनिबार

४८२ जनाले गणतन्त्र दिवसमा पाए राष्ट्रपतिबाट कैद सजाय माफी


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय भोगिरहेका ४८२ जनाले माफी दिएका छन् । राष्ट्रपति पौडेलले कैद सजाय भोगिरहेका ४८२ जनालाई गणतन्त्र दिवसको अवसरमा भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ ।’

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा भोलि सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !