७ श्रावण २०८१, सोमबार

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज बिहान हुँदै


राष्ट्रपति कार्यालय

काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज बिहान हुँदै छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० बजे नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथग्रहणको कार्यक्रम राखिएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।

दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !