१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !