७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

नीति तथा कार्यक्रममाथि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेर सुझाव दिइसकेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !