८ बैशाख २०८१, शनिबार

नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभाको बैठक बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक बस्न लागेको हो । आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्न कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि ९ गतेसम्म सांसदहरूले धारणा राख्ने छन् । राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !