७ बैशाख २०८१, शुक्रबार

समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बिशेष समयमा बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सुशासन बिना प्राप्त उपलब्धिको रक्षा गर्न तथा समृद्धि हासिल असम्भव भएको धारणा राख्दै यसको मुख्य दुश्मन भनेको नै अपारदर्शीता र भ्रष्टाचार भएको स्पष्ट पारेका थिए ।

वर्तमान निर्वाचन प्रणाली कारणले नै सबै राजनीतिक दलमा विकृति र विसंगतिहरु देखिएको बताउँदै मुलुकको संविधान र निर्वाचन प्रणालीमा ठूलो अन्तरविरोध रहेको दावी गरेका थिए ।

नेकपा(एमाले) का सांसद रामचन्द्र राईले हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको र त्यस्को तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री र महालेखाले समेत हेरिसकेको बताएर प्रधानमन्त्रीले भनाई र गराईमा फरक गरेको बताए ।

प्रधानमन्त्रीको भनाई र गराईमा एकरुपता नभएको भन्दै सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए । उलने नेपालमा विद्युतीय रेल संचालन असम्भव छ भन्ने भनाईहरु आइरहेको भन्दै त्यस्को प्रतिवाद समेत गरेकाथिए ।

बिशेष समयमा नेपालीकाँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालको मुख्य समस्याभनेको नै भ्रष्टाचार भएको धारणा राख्दै भ्रष्टाचार नियन्त्रणमा सरकारले खुट्टा कमाएमा प्रतिगमनकारीहरु हावी हुँदै जाने बताएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष फस्न नहुने र कोशी दोषी छुट्नु नहुने बताउँदै सांसद देवले यस बिषयमा नेपाल प्रहरीलाई निष्पक्ष ढंगले छानबिन गर्न दिनु पर्ने बताए ।

नेकपा(एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले महिला हिंसाको घटना दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै सभाध्यक्षमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन् । न्यायनपाएर कतिपय महिलाहरुले आत्महत्या समेत गर्न बाध्य भइरहेको बताउँदै सांसद राईले सिरहाकी बिनु यादवअहिले १० दिनदेखि माईतीघर मण्डलामा न्यायका लागि अनशनमा बसिरहेको तर्फ सभाध्यक्षमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

उनले ५ बर्ष अगाडि रामेछापका प्रदिप कठायतबाट बलात्कृत यादवले न्यायका लागि प्रहरीमा उजुरी दिंदा तत्कालीन सुर्खेतका डिएपी (पीडकका मामा पर्ने) सुरज कार्कीले मुद्दा फिर्ता नलिए लागू औषध मुद्दामा १० बर्ष जेल हालिदिने धम्कि दिएर मिल्न लगाएर पीडकसँग विवाह गरी घरमा जाँदा घरपरिवारबाट अत्यधिक हिंसा भएकै कारण अहिले न्यायका लागि अनशनमा बस्नु परेको पनि सदनलाई जानकारी दिइन् ।

जसपाका सांसद मोहम्मद खालिदले राज्यले नै अहिले सिरहाको बजार नष्ट गर्दा त्यहाँका सयौं व्यापारीहरु रोजगार बिहीन बनेको भन्दै उनीहरुको समस्या समाधानका लागि सभाध्यक्षमार्फत सदन तथा सरकारको ध्यानााकर्षण गराएका थिए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोसुकै भएपनि कारबाही हुनुपर्ने धारणा राख्दै हजयात्रीहरुको समस्या तत्काल समाधान गर्न सभाध्यक्षमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

लोसपाका सांसद शेखरकुमार सिंहले सिरहा बजारलाई अहिले बाटो बनाउने निहुमा अस्तव्यस्त पारिएको भन्दै सानोतिनो सामानका खरिद गर्न पनि अहिले सो क्षेत्रका बासिन्दाहरु सीमापारी जानु पर्ने अवस्था रहेको तर्फ सभाध्यक्षमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बिशेष समयमा सांसदहरु खिमलाल देवकोटा, सोनाम गेल्जेन शेर्पा, प्रकाशपन्थ, नरपतिलुवार, नारायण दाहाल, उदय बोहरा लगायतले बोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !