१३ बैशाख २०८१, बिहिबार

भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने कुनै राजनीतिक बाध्यता छैन : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनेपछि भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने कुनै राजनीतिक बाध्यता नभएको स्पष्ट पारेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै हुनुपर्ने किन हो भनी प्रश्न गरेका थिए ।

केसीको उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुनै बाध्यता नभएको बताउदै आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त परम्परा तोडिसकेको पनि उनले जानकारी गराए ।

‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन । बाध्यता छैन भन्ने प्रश्नको जवाफ पहिलोपटक म प्रधानमन्त्री हुँदा व्यावहारिक रूपमै दिइसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘भारतसँग खुला सिमाना, सामाजिक आर्थिक, सांस्कृतिक पक्षलाई हेरेर भारतको भ्रमण हुने गरे पनि कुनै बाध्यता छैन । त्यो कुरा प्रमाणित गरिसकिएको छ ।’

यो पनि पढ्नुहोस्

दरवार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाको छानविन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !