१३ बैशाख २०८१, बिहिबार

दरवार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाको छानविन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरवार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाको छानविन हुनुपर्ने बताएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका क्रममा सांसद प्रभु शाहले गौर हत्याकाण्डको छानबिनका विषयमा राखेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । उनले यी कुरालाई बिर्साउने कोसिसलाई गम्भीर रूपमा लिंदै मदन आश्रितको दुर्घटनाबारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले गौर हत्याकाण्ड मात्र नभएर देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए । उनले आफूले २०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेकोले कसैलाई पनि उन्मुक्ति नहुने स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु