१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्ने


रामचन्द्र पौडेल संसदमा बोल्दै फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल पूर्ण रुपमा स्वस्थ नभइसकेकोले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति वा प्रधानमन्त्री कसले प्रस्तुत गर्ने भन्ने अलमल भइरहेको समयमा अव राष्ट्रपति पौडेलले नै गर्ने निश्चित जस्तै भएको हो ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रमको सवै प्रस्तुत गर्ने नेपालपत्रलाई जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिज्यूले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै बाचन गर्नुहुन्छ ।’

राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएकोले राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका हुन् । राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर बाचन गर्ने उनको सचिवालयले जनाएको हो ।

अस्वस्थ भएपछि भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्न सक्ने हुन वा नसक्ने हुन भन्नेमा यसअघि दुविधा रहेको थियो ।

यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । पर्सी जेठ ५ गते सरकारले संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

यसअघि जेठ २ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएर सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको हो ।

यो पनि पढ्नुहोस्

सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु