११ बैशाख २०८१, मंगलबार

भ्रष्टाचारविरुद्ध आन्दोलनको नाटक होइन, भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्छ : बालेन


बालेन शाह फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध आन्दोलनको नाटक नगरी भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्ने आक्रामक अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जालमा आज बिहान लेख्दै मेयर शाहले भ्रष्टाचारविरुद्ध आन्दोलनप्रति असन्तुष्टि प्रकट गरेका हुन् । उनले भ्रष्टाचारविद्धको आन्दोलनप्रति प्रश्नचिन्ह उठाउँदै विरोधका नाममा मात्र प्रदर्शन गरेर नाटक नगर्न नागरिक समाजलाई चेतावनी दिएका हुन् ।

मेयर शाहले भ्रष्टाचारविरुद्ध आन्दोलनप्रति असहमति प्रकट गर्दै कुरा भन्दा पनि सिधै एक्सनमा उत्रिनुपर्ने आवश्यकता औल्याएका हुन् । हुनपनि नेपालमा विदेशी राजदूतावास र डोनर एजेन्सीको लहरमा ब्यानर र प्ले कार्ड लिएर सडकमा उत्रिएको नाटक गर्दै आएका नागरिक समाजका नामलाई दह्रो झटारो हानेका हुन् ।

जसरी राजनीतिक दलका नेताहरुले नेपाली सोझा नागरिकहरुलाई मुर्ख बनाउँदै आएका छन् त्यसरी नै नागरिक समाजका नाममा कथित् व्यक्तिहरुले पनि नेपाली नागरिकको आँखामा छारो हाल्दै आएका छन् । आफूलाई बौद्धिक, प्रवुद्ध भन्ने तर सडकमा प्रदर्शन गरेर नेपाली मिडियामा न्यूज बनाउन ध्यान केन्द्रित गर्दै आएका नागरिक समाजका नाममा अप्रत्यक्ष रुपमा ठगीको धन्दा गर्दै आएका ती व्यक्तिहरुको मुटुमा बालेनको तीरले घायल नै बनाएको छ ।

उनले लेखेका छन्, ‘नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस् । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !