७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा ‘मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका हुन् ।

आज बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !