१३ बैशाख २०८१, बिहिबार

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो ।

हिजो बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो । यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !