८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभामा उठ्यो समानुपातिक निर्वाचन प्रणाली खारेजीको कुरा


खिमलाल देवकोटा

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजीको कुरा उठेको छ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् ।

आज बुधवारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् । उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए ।

त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या क्रमशः १ सय ६५ र ३ सय ३० मात्र बनाउनुपर्ने उनको भनाइ छ । देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !