७ बैशाख २०८१, शुक्रबार

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह


रेखा शर्मा

काठमाडौँ । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उनले भनिन्, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।” सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !