६ बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेलको गरियो स्वास्थ्य परीक्षण


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए ।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरिएको उनको सचिवालयले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !