१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको हो ।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेको राष्ट्रपति सचिवालय स्रोतले जनाएको छ ।बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात २३ वैशाखमा हुँदैछ ।

राष्ट्रपति पौडेल वैशाख २१ वा २२ गते बेलायत भ्रमणमा जाने भएका हुन् । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

बेलायती सञ्चारमाध्यमका अनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !