७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो ।

प्रधानमन्त्री सचिवालयले बालुवाटारमा जारी बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको जनाएको छ ।

जारी बैठकमा नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ ।

गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै छ । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने र भोलि शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सरकारको तयारी छ । मन्त्रिपरिषदले पूर्णता पाएपछि सरकार विकासका काममा केन्द्रित हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

गत मंगलबार बसेको गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !