१३ बैशाख २०८१, बिहिबार

मधेश प्रदेश सरकारका एमालेका मन्त्रीहरूले दिए राजीनामा


सरोज यादव

जनकपुर । मधेश प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

मधेश सरकारमा एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहमद जयद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिएका हुन् । गत २७ गते एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु