१३ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त


मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ । प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो ।

एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका हुन् । चौधरी पूर्व सहरी विकासमन्त्री समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !