१३ बैशाख २०८१, बिहिबार

नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले लिए सपथ


नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले लिए सपथ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुलाई सपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज नेपाली कांग्रेसबाट चार जना सांसदलाई मन्त्री नियुक्त गरेका छन् । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जसपाका अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनाएका हुन् । नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् । यस्तै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय हेरफेर भएको छ । यसअघि भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री नियुक्त भएका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी छन् ।

यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । साथै माओवादी केन्द्रकी सुशीला श्रीपाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ मन्त्रीहरुको सपथ

तस्वीर : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !