१३ बैशाख २०८१, बिहिबार

बारा-२ मा रास्वपाका निर्वाचन परिचालन समितिका संयोजक फेरिए


अशोक कुमार चौधरी

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचन परिचालन समितिका प्रमुख फेरिएका छन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।

आगामी वैशाख १० गते बारा-२ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गरी रास्वपाका निर्वाचनका गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

तर उनले आफ्नो व्यक्तिगत तथा स्वास्थ्यको कारण उक्त जिम्मेवारी बहन गर्न नसक्ने जनाई संयोजकको पदबाट राजीनामा दिएका थिए । कार्कीको राजीनामा स्वीकृत गर्दै रास्वपाले उक्त निर्वाचन क्षेत्रको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी अशोक कुमार चौधरीलाई दिएको हो ।

यस्तॊ छ रास्वापाले निकालेको सूचना

रास्वापाले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !