१९ जेष्ठ २०८०, शुक्रबार

जसपाको निर्णय : मन्त्री छान्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने


उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष यादवलाई मन्त्री छान्ने अधिकार दिएको हो ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा जसपालाई २ वटा मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारी रहेका छन् । अध्यक्ष यादवले पार्टीमा सन्तुलन मिलाएर मन्त्री छानेर प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !