१० श्रावण २०८१, बिहिबार

बारा-२ मा राजेन्द्र महतोले उपेन्द्र यादवसँग चुनाव लड्ने


राजेन्द्र महतो र उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बारा–२ बाट उम्मेदवारी दिने भएका छन् । आज बिहीबार बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महतोलाई बारा–२ बाट उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको एक नेताले बताए ।

बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । उनी गत मंसिर ४ भएको आम निर्वाचनमा सर्लाही-२ माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

बारा-२ मा नै माओवादी केन्द्र परित्याग गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहा उम्मेदवार दिने भएका छन् । कुशवाहा पनि मंसिर-४ को निर्वाचनमा माओवादी केन्द्रबाट उठेर जसपाका रामसहायप्रसाद यावदसँग झिनो मतान्तरले पराजित भएका थिए ।

सोही क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दिने तय भएको छ । यसपटक उपनिर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा तीन नेताहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !