१३ बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी थापा रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा डा. बेदुराम भुसालले “राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९” लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !