४ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीले मुकुन्द न्यौपानेलाई सोध्यो सात दिने स्पष्टीकरण


मुकुन्द न्यौपाने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । आज मंगलबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

न्यौपानेले विगत केही समयदेखि लगातार कार्यकर्ता भड्काउने गरी सामाजिक संजालमा स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधेको हो । यद्यपि उक्त पार्टीले सो निर्णय भने गोप्य राखेको छ ।

तर नेता न्यौपानेले पार्टीले स्पष्टीकरण सोधे तापनि सोको जवाफ नदिने र आफूलाई कुनै फरक नपर्ने बताएका छन् । नेता न्यौपानेले एमालेसहितको पार्टी एकतामा जोड दिँदै आएपनि पार्टीले एमालेबाहेकको एकता भनेर निर्णय गरेपछि न्यौपानेले असहमति प्रकट गरेका थिए ।

एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी परित्याग गरेका छन् । आजको सचिवालय बैठकले उपाध्यक्ष न्यौपानेसहित स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यो पनि पढ्नुहोस्

उपाध्यक्ष केदार न्यौपानेलेले छाडे एकीकृत समाजवादी, राजीनामा स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु