८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेलगत्तै एकीकृत समाजवादीले पार्टी केन्द्रिय कार्यालयमा आज मध्याह्न १२ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा बालुवाटारमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको थियो ।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !