११ बैशाख २०८१, मंगलबार

प्रचण्डले नेपाललाई भने – दुई वटा मन्त्रालयमा चित्त बुझाउनुस्, तीन वटा दिने कोसिस गर्छु


प्रचण्ड-नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) लाई तीन वटा मन्त्रालय दिने कोसिस गर्ने आश्वाशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधन नेपालसहितका शीर्ष नेतालाई प्रधानमन्त्री प्रचण्डले दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेतापनि आदान कायम राखेकोले तीन वटा मन्त्रालय दिने कोसिस गर्ने बताएका हुन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डाको विषय पेचिलो बनिरहेका बेला एकीकृत समाजवादीका शीर्ष नेताहरू आफ्नो पार्टीले राम्रो मन्त्रालय पाउनुपर्ने अडान लिएर बालुवाटार पुगेका थिए ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका एकीकृत समाजवादीका शीर्ष नेताहरूसँगको कुराकानीमा आफूलाई सहयोग गर्ने दलहरू धेरै भएको र उनीहरूको पनि चित्त बुझाउनुपर्ने भएकाले समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका थिए ।

तर प्रधानमन्त्रीसँगको भेटवार्तामा समाजवादीका शीर्ष नेताहरुले आफ्नो बटमलाइन कम्तीमा तीन मन्त्रालय रहेको भन्दै त्यसबाहेकमा कम्प्रोरमाइज गर्न नसक्ने अडान दोहोर्‍याएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !