८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता


प्रचण्ड र माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डाको विषय पेचिलो बनिरहेका बेला एकीकृत समाजवादीका शीर्ष नेताहरू आफ्नो पार्टीले राम्रो मन्त्रालय पाउनुपर्ने अडान लिएर बालुवाटार पुगेका हुन् ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !