७ बैशाख २०८१, शुक्रबार

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज पुन: विश्वासको मत लिंदै


शालिकराम जम्मकट्टेल

हेटाैँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन: विश्वासको मत लिंदै छन् । बागमती प्रदेशसभाको चैत ८ गते बुधबार अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

चैत ८ गते बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश आज चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको थियो ।

तर, नेपाली कांग्रेस संसदीय दलको काठमाडौँमा बसेको सो दिन बस्ने भनिएको बैठकमा उपस्थित नसकिने भन्दै चैत १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा बैठक स्थगित गरिएको थियो ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !