८ बैशाख २०८१, शनिबार

बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षबिहिन


१० दलका शीर्ष नेताहरूको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठक भर्खरै सकिएको हो ।

गठबन्धनका दलका शीर्ष नेताहरुबीच आज मन्त्रालय भागबण्डामा गर्न बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । आज बसेको गठबन्धनको बैठक निष्कर्षबिहिन टुंगिएपछि भोलि पुन: बैठक बस्ने भएको हो ।

आजको बैठकमा गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको बताए । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा संघीय मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारका बारेमा पनि प्याकेजमै सहमति गर्नेबारे शीर्ष नेताहरु एकमत देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका छन् ।

शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल जारी रहेतापनि छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन आज बैठक बसेको थियो । सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेस सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !